बाढीको स्थितिमा सुधार

पिपुल्स पावर कम्पनीले आइपिओ निष्कासन गर्दै

काठमाडौँ । पिपुल्स पावर कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । 

योमध्ये १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । 

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ । 

 

 

 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : ०७ बजे