राष्ट्रपति भवनमा घटस्थापना

गुल्मीको रेसुङ्गामा ट्रक पल्टिँदा चालकको मृत्यु

तम्घास। गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कँदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मी दरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ  । 

आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । 

ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।रासस

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १० : ०१ बजे