राष्ट्रपति भवनमा घटस्थापना

निर्वाचन प्रयोजनका लागि आजबाट दल दर्ता सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु गर्दै छ । 

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि आजदेखि साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ ।

आयोगमा साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो ।

दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।

दलले निवेदन दिँदा प्रतिनिधि भा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्ने आयोगको सूचनामा जनाइएको छ । 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : १४ बजे