‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चीनले उपलब्ध गरायो फक्ताङ्लुङलाई स्काभेटर

फुङ्लिङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोक जिल्लाका तातोपानी नाकाबाट गत साता फक्ताङ्लुङ गाउँपालिकामा स्काभेटर  ल्याइपु¥याएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । 

तातोपानी नाकादेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक सातामा र फुङ्लिङदेखि दुई दिनमा फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा स्काभेटर  पु¥याइएको गाउँपालिकाले जनाएको छ । 
स्काभेटर रु एक करोड  ३५ लाख बराबरको रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । उहाँका अनुसार चीनदेखि नेपाल ल्याउनका लागि लाग्ने भन्सार शुल्क रु २५ लाख नेपाल सरकारले छुट दिएको छ । नेपाल सरकारले भन्सार शुल्क छुट दिएसँगै तातोपानी नाकादेखि ढुवानी शुल्क मात्र गाउँपालिकाले बेहोर्नुपरेको अध्यक्ष लिम्बूले बताउनुभयो । 

स्काभेटर गाउँपालिका पुगेसँगै गाउँपालिकाभित्रका सडक मर्मत गर्न थालिएको छ । निरन्तर वर्षाका कारण सदरमुकाम फुङ्लिङदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको थियो । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दैनिक सवारीसाधन चलाउने व्यक्तिले सास्ती खेप्दै आएका थिए तर अहिले स्काभेटरले सडक मर्मत गर्न थालेसँगै दैनिक यातायातमा सहजता आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र ठाउँ ठाउँमा सडकको ट्र्याक खोलिएकामा  अब तिनको  मर्मत  तथा स्तरोन्नति गर्ने काम गाउँपालिकाले गर्ने पालिका अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “विगमा झँै सडकका नाममा रकम विनियोजन गर्नेभन्दा सडक मर्मत तथा स्तरोन्नतिको काम गाउँपालिका आफैँले गर्नेछ । स्काभेटरलाई  इन्धनमात्र खरिदका लागि  मात्र बजेट विनियोजन हुन्छ ।” लिम्बूका अनुसार सबै वडादेखि पालिका केन्द्रसम्म बाहै्र महिना यातायात सञ्चालन हुने गरी पालिकाले सडक मर्मत गर्नेछ । गाउँपालिकाभित्रका कृषि सडकका लागि गाउँपालिका आफँैले ट्र्याक खोल्ने मर्मत गर्ने भएको छ 

विगतमा झैँ कृषि सडकको ट्र्याक खोल्ने सडक मर्मत तथा स्तरोन्नतिमा ठूलो बजेट खर्च भएकामा आगामी दिन शिक्षा, स्वास्थ्य र उत्पादनमूलक क्षेत्रमा लगानी गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सडक मर्मत गर्न थालेसँगै स्थानीयवासी खुसी भएका छन् । बिरामी हुँदा, दैनिकरुपमा आवतजावत गर्न, आवश्यक सामग्री ढुवानी गर्न उनीहरुलाई सहज भएको छ ।

    

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  २ : ११ बजे