नयाँ दिल्ली । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।
आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद् भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । साँझपछि नतिजा आउने सम्भावना छ ।
सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् ।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। उहाँ भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुनुहुन्छ। एजेन्सी
प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ८ : ०२ बजे
प्रतिक्रिया