बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिहरुले घरदैलो अभियान सुरु गरेका छन् । निर्वाचित भइसकेपछि स्थानीयहरुका समस्या बुझ्न आफुहरुले घरदैलो अभियान चलाएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताउनुभयो ।
घरदैलो अभियान पछि पहिचान भएका समस्या समाधानका लागि योजना छनौटमा प्राथमिकीकरण गरी ती योजनाहरुलाई कार्यान्वयनको लैजाने योजना गाउँपालिकाको रहेको उहाँले बताउनुभयो ।
घरदैलो अभियानमा डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी सहित विभिन्न वडाका वडाध्यक्ष, वडा तथा कार्यपालिका सदस्य, गाउँपालिकाका प्रशासकीय अधिकृत, ईन्जिनियर तथा अन्य कर्मचारीहरुको समेत सहभागिता हुनुहुन्छ ।
जनप्रतिनीधिको टोलीले वडामा रहेका शिक्षण संस्था र स्वास्थ्य संस्थाहरुको पनि अनुगमन गर्ने र समस्या भएमा समाधानका उपाय खोज्ने नीति लिइएको प्रवक्ता भट्टले बताउनुभयो । अबको झण्डै एक महिना जनप्रतिनीधिहरुको टोलीले वडावडामा घरदैलो अभियान सञ्चालन गरिरहने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार ७ : १३ बजे
प्रतिक्रिया