‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

झापाको पालिया खोलामा नवजात शिशुको शव फेला

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । 

पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । 

पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । 

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । रासस

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : १९ बजे