निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । मङ्सिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बस्दै छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९:०० बजे बस्ने गरी सत्ता गठबन्धनको बैठक बोलाइएको हो।  

बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुनेछ । बैठकपछि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धन कायम नै रहने घोषणा गर्ने तयारी रहेको छ ।

गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरूले तालमेल गरेका थिए । 

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : ४६ बजे