उम्मेदवारी दिएसँगै सांसदको पद स्वतः सकिन्छ : थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गराएसँगै सकिने बताउनुभएको छ । 

मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकिएपछि आयोगको तर्फबाट बिहीबार पत्रकार सम्मेलन आयोजना गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताउनुभएको हो । 

उहाँले सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउनका लागि बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने बताउनुभयो ।

आयोगले निर्वाचनमा सबै उम्मेदवारप्रति समान अवसर र समान खेल मैदानको अवसर उपलब्ध गराउनेछ । प्रतिनिधिसभा र प्रदेश सभाको पदमा उम्मेदवारी दिएपछि, दसैंलगत्तै उम्मेदवारी दर्ता गर्नुपर्ने गरी मिति तय गर्नुपर्ने देखिन्छ, उम्मेदवारी दिएपछि निजहरूको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको धारणा छ । कानुनसम्मत ढंगले व्याख्या गरेर अगाडि बढाउँछौं,ु उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ५ : ३२ बजे