‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

चिनियाँ नागरिकको अपहरणमा न्यायाधीशकै पीएसओको संलग्नता

काठमाडौं – चिनियाँ नागरिकको अपहरणमा एक न्यायाधीशका पीएसओको समेत संलग्नता रहेको खुलासा भएको छ । पाटन उच्च अदालतका ती न्यायाधीशका पीएसओ रहेका प्रहरी हवल्दार चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको खुलासा भएको हो ।

प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र अर्का एक प्रहरी जवानसहित ६ जना पक्राउ परेका हुन् । प्रहरी जवान शिव सुनार प्रहरी वृत्त बालाजुमा कार्यरत रहेको खुलेको छ ।  

चिनियाँ नागरिक अपहरण प्रकरणमा दुईजना प्रहरीसँगै पक्राउ पर्नेहरुमा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय विशाल मगर र २७ वर्षीय विनोद केसी रहेका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार यी दुईजना प्रहरीसहित अन्य चारजना मिलेर ती चिनियाँलाई अपहरण गरि गोंगबुको मित्रनगरस्थित प्युठान होटल एन्ड लजमा बन्धक बनाएका थिए। 

चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए । उनीहरुले एक करोड फिरौती मागेको र ५० लाखमा अपहरण मुक्त गर्ने सहमति भएपछि चिनियाँ नागरिकको आफन्तको सहयोगमा प्रहरीले उनलाई अपहरण मुक्त गरेको बताइएको छ । आजै अभियुक्त हरुलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ४ : ४४ बजे