बाढीको स्थितिमा सुधार

चीनद्वारा ताइवानको सिमानामा ब्यालिस्टिक मिसाइल प्रहार

काठमाडौँ – चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपर डोंगफेंग ब्यालिस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनले ब्यालिस्टिक मिसाइलहरू प्रक्षेपण गरेपछि ताइवानले प्रतिक्रियामा सम्बन्धित रक्षा प्रणाली सक्रिय गरेको बताएको छ । चीनको प्रत्यक्ष फायर ड्रिल स्थानीय समय अनुसार 12:00 बजे (04:00 GMT) सुरु भएको थियो र आइतबार समाप्त हुने छ।

ताइवानमा भने जीवन सामान्य रूपमा चलिरहेको छ भने मानिसहरू शान्त तर चिन्तित छन् ।अमेरिकी नौसेनाले फिलिपिन्स सागरमा "सामान्य, निर्धारित अपरेशनहरू" भनी ताइवानतर्फ विमान वाहक पठाउँदैछ।

चीनको सैन्य अभ्यासले संयुक्त राष्ट्र संघको नियम उल्लङ्घन गर्नुका साथै यस क्षेत्रको हवाई र समुद्री नाकाबन्दी जस्तै भएको छ  ।

चीनको चेतावनी बाबजुत अमेरिकी सांसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट फर्किएपछि (पीएलए) ले ताइवान असपासका ६ क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको हो । चीनले अहिले गरिरहेको सैन्य अभ्यासलाई 'लाइभ फायरिङ' नाम दिएको छ । अभ्यास स्थल भने  ताइवान सीमाबाट १६ किलोमिटरको दुरीमा रहेको छ ।

चीनको सैन्य अभ्यासमा वास्तविक हतियार र गोलाबारुद प्रयोग गरेको छ भने उक्त अभ्यास अगस्ट ७ सम्म चल्नेछ। सैन्य अभ्यासको क्रममा लामो दूरीको लाइभ फायर सुटिङ गरिनुका साथै मिसाइलको समेत परीक्षण गर्ने छ । 

ताइवानको फुजियान प्रान्तको पिङटन टापु नजिक हुँदै गरेको सैन्य अभ्यासमा चिनियाँ सेनाका हेलिकप्टर र लडाकु विमानहरू देखिएका छन् भने विमानहरू ताइवानको रक्षा क्षेत्रमा समेत प्रवेश गरेका छन्। 
 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  २ : २६ बजे