राष्ट्रपति भवनमा घटस्थापना

इन्जिनबाट धुवाँ निस्किएपछि श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण 

नेपालगञ्ज । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । 

नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए ।

आज बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको सो विमानको बायाँ इन्जिनबाट धुवाँ निस्किएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् । 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ११ : १२ बजे