मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुनसक्ने

काठमाडौँ । सङ्घीय संसद्को निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। 

आज दिउँसो १ः०० बजे बस्ने मन्त्रिपरिषद् बैठकले सङ्घ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी ४ मङ्सिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए ।

त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकमार्फत प्रदेश र सङ्घको निर्वाचन तोक्ने सक्ने एक मन्त्रीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ८ : ५६ बजे