राष्ट्रपति भवनमा घटस्थापना

करेन्ट लागेर सप्तरीमा ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

राजविराज । सप्तरीमा बुधवार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । 

कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अञ्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । 

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अञ्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । 

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताउनुभयो ।

यस्तै, सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय  शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ  । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।  रासस 

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ७ : २८ बजे