बाढीको स्थितिमा सुधार

सडक दुर्घटनामा सत्रको मृत्यु

कायरो । दक्षिणी इजिप्टको सोहाग प्रान्तको मरुभूमि सडकमा माइक्रो बस र ट्रक ठोक्किँदा मङ्गलबार अबेर राति भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।

घटनास्थलमा पन्ध्रवटा एम्बुलेन्सहरू घाइतेहरूलाई सोहाग पब्लिक अस्पतालमा लैजानका लागि पुगेका सोहागका गभर्नर तारेक अल–फिकीले सिन्ह्वालाई बताउनु भएको छ ।

प्रारम्भिक अनुसन्धानमा माइक्रोबस चालकले विपरित तर्फबाट आउँदै गरेको ट्रकसँग ठोक्किएर ठक्कर दिन खोज्दा तीब्र गतिका कारण दुर्घटना भएको हो उहाँले थप जानकारी दिनुभएको छ । 

कमजोर सडक पूर्वाधार र ढिलो रूपमा लागू गरिएको ट्राफिक नियमहरूको कारण इजिप्टमा सडक दुर्घटनाहरू सामान्य जस्तो भएको पाइन्छ । 

पछिल्ला केही वर्षहरूमा, इजिप्टले आफ्नो सडक सञ्जाललाई स्तरोन्नति गरिरहेको छ, नयाँ सडक र पुलहरू निर्माण गरिरहेको छ, र ट्राफिक दुर्घटनाहरू कम गर्न पुरानाहरू मर्मत गरिरहेको छ ।
 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  २ : ५७ बजे