राष्ट्रपति भवनमा घटस्थापना

डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

डोल्पा । डोल्पाको ठुली भेरी नगरपालिका–५ माझफालमा मङ्गलवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा दुई जना घाइते भएका छन् ।  मृत्यु हुनेमा ट्याक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका ट्याक्टरमै सवार दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको लु ४ त ६७०३ नम्बरको ट्याक्टर मङ्गलवार साँझ पौने ६ बजे अनियन्त्रित भई पल्टिएको थियो । 

ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी माझफाल डोल्पाले जनाएको छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १२ : २६ बजे