‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

 कार्यालय  प्रमुखसहित अन्य कर्मचारी कार्यकक्षमै मदिरा सेवन गरेको अवस्थामा फेला

सुर्खेत । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् ।  

बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन् । 

नेत्र विक्रम  चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरूलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ । 

कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए ।  सरकारी कार्यालय भित्र मदिरा सेवन गर्नु कस्तो गैर जिम्मेवारीपन? भन्दै नेकपा भेरी नगर कमिटी इन्चार्ज विराजन शाहीले कारबाहीको माग गरेको बताउनुभयो ।

यसबारेमा बुझ्न खोज्दा आफ्नै क्वाटरको बाहिर साथीभाइ बसिरहेको कार्यालय प्रमुख धितालको भनाई छ तर  प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भोलि बिहान छलफलका लागि बोलाएका छौँ आवश्यक कारबाही हुन्छ ।”

 

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : १८ बजे