राष्ट्रपति भवनमा घटस्थापना

गोसाईंकुण्ड आउने यात्रुको भोजनको व्यवस्थाका लागि रसुवामा खाद्य सामग्री ढुवानी

रसुवा  । पवित्र तीर्थस्थल गोसाईंकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । 

भक्तजनको आगमन सुरु भएसँगै धुञ्चे तथा स्याफ्रुबेँसी बजारबाट दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट तथा दैनिक उपभोग्य वस्तु ढुवानी गरिएको हो ।

यही साउन २३ गतेदेखि २७ गते जनपूर्णिमासम्म लाग्ने विशेष मेलामा झन्डै १५ हजार भक्तजनको आगमन हुने गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । लक्षित यात्रुलाई भोजन गराउन पुग्ने यथेष्ट खाद्य सामग्री ढुवानी गरिएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताउनुभयो ।

काठमाडौँबाट धुञ्चेसम्म सडक मार्ग प्रयोग गरेपछि पैदल यात्रा सुरु हुने गोसाईंकुण्ड तीर्थ जाँदा धुञ्चे, देउराली, चन्दनबारी, लौरी विनायक तथा गोसाइँकुण्डमा खान र बस्न समस्या नहुने होटल व्यवसायी सङ्घले जनाएको छ । रासस

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ४५ बजे