बाढीको स्थितिमा सुधार

अमेरिकी सभामुख पेलोसी ताइवानमा, चीनले बोलायो अमेरिकी राजदूत

बेइजिङ ।अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस वन्र्सलाई बोलाएको छ । 

चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र गम्भीर परिणामहरूको चेतावनी दिनुभयो । उहाँले चीन चुपचाप नबस्ने बताउनुभयो । मङ्गलवार  ताइवान पुग्नुभएकी सभामुख पेलोसीले राष्ट्रपति र संसद्सँग भेटघाट गर्ने अपेक्षा गरिएको छ । 

‘ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अटल प्रतिबद्धता’लाई सम्मान गर्न चाहेको सभामुख पेलोसीले बताउनुभयो । 

एसिया भ्रमणका क्रममा चीनको चेतावनीबीच पेलोसी ताइवानको राजधानी ताइपेय पुग्नुभएको हो।  

चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ ।  चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने वाचा गरेको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् । 

ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसीले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन । पेलोसीले आज बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ । एजेन्सी

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ३० बजे