इस्लामावाद – बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ ।
देशको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन् ।
हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।
मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गर्नु भएको छ ।
रासस÷एएनआई
प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार ९ : ५७ बजे
प्रतिक्रिया