शर्मा पुर्ननियुक्तीमा कस्को के स्वार्थ ? 

काठमाडौं । चौतर्फी विरोध र आलोचनाका बावजुत पनि अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै ल्याउनुमा कस्को के स्वार्थ होला ?
जानकारहरु यत्रो विवादका बीच पनि अर्थमन्त्रीमा जनार्दन शर्मा जोडिनु भनेको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको आर्थिक स्वार्थ जोडिएको बताउँछन् ।  

गठबन्धनका शीर्ष नेताहरुको समेत केही स्वार्थ पूरा गर्नुपर्ने बाध्यताका कारण  शर्मालाई दोहोराइएको  कतिपय विश्लेषकहरुको भनाई छ । 

पहिलो कुरा शर्मालाई नचोखाउने हो भने शर्मासँगै सिंगो मन्त्रीपरिषद् नै बदनाम हुने डर प्रधानमन्त्री देउवालाई थियो । किनकी अर्थमन्त्री जनार्दन शर्माले आफ्नो एक्लै आडमा करका दरहरु हेरफेर गर्न सक्ने विषय नै भएन । यस्मा सिधारुपमा सत्ता गठबन्धन सम्बद्घ दलका नेतृत्वहरुको सिँधा स्वार्र्थ जोडिएको छ । 

आफ्नो सबै पोल खोल्ने भएसँगै  देउवाले सम्पूर्ण सत्ताको प्रयोग गरेर हतार हतार जर्नादन शर्मालाई सुनपानी खनाएका छन् ।
शर्मा जोगाउने आफ्नो पहिलो मिसन सफलभएसँगै अब देउवा र दाहालहरु शर्मामार्फत बाँकि रहेका अन्य स्वार्थहरु पुरा गराउँने दाउँमा छन् । 

यही चाँजोपाँझो मिलाउन अर्थमन्त्री शर्मा मन्त्रालय समल्न लागेको दुई दिन नपुग्दै  अर्थसचिव बदल्दै छन् । 

शर्मा यत्तिखेर चुनावको मुखमा फत्ते गर्नुपर्ने दर्जनौ आर्थिक अपराधका लागि विश्वासिलो अर्थ सचिवको खोजीमा छन् ।
 २० गतेसम्म विदामा बसेका अर्थ सचिव मधुकुमार मरासिनीबाट हुनसक्ने असयोग बुझेर उनले मन्त्रालयमा आफुनिकटका  कृष्णहरी पुष्करलाई वा अरु कसलाई ल्याउने भन्नेमा  निकटस्थसँग सल्लाह गरिसकेको बताइन्छ  । उनले आफू मातहत निकायका कम्पनीमा बिमाको लाइसेन्स बाँड्ने खोजेका छन् । 

चुनाव अघि नै बिमा कम्पनीको लाइसेन्स बाँडेर अर्थमन्त्री राम्रो कमाई गर्ने धुनमा रहेको मन्त्रालय निकट स्रोत बताउँछ ।
अर्थमन्त्री शर्माले नै सञ्चालनमा रहेका बिमा कम्पनीबीच व्यवसाय खोसाखोस गर्ने क्रम बढेका बेला बजेटमार्फत् नयाा लघुबिमा कम्पनी स्थापना गर्ने घोषणा गरेका थिए । जबकी बिमा कम्पनीको संख्या घटाउन र उनीहरुको क्षमता बढाउन गत चैतमै बाध्यकारी रुपमा बिमा कम्पनीलाई पुाजी बढाउन बिमा समितिले निर्देशन दिएको थियो । लघु बिमा कम्पनी स्थापनाको अनुमति अर्थ मन्त्रालयले दिनुपर्छ । यसरी एकातिर संख्या घटाउन काम अघि बढिरहेको समयमा मन्त्री शर्माले कम्पनी थप्ने गरी बजेट बनाउनुलाई स्वाभाविक मानिएको छैन ।

त्यति मात्र होइन, नयाा स्टक एक्सचेन्ज स्थापनाका लागि मन्त्री शर्माले व्यापारीहरुसँग छलफल गरिसकेको  मन्त्रालय स्रोत बताउँछ । अर्थ मन्त्रालयले नै अनुमति दिनुपर्ने भएकाले यो काम पूरा गरेर व्यापारीको सहयोग बटुल्ने लोभमा मन्त्री शर्मा  छन् ।

त्यसोत शर्माले सत्ता गठबन्धन इन्धनको कारोबारको जिम्मेवारी नीजि क्षेत्रलाई दिने खेलमासमेत लागेका छन् । 
अर्थमन्त्री शर्मा सुरक्षाकर्मीका नाउँमा  हेलिकोप्टर खरिद गर्नेदेखि, प्रहरकिा लागि गोली गठ्ठा खरिद गरी राम्रो कमिशन हात लगाउने दाउँमा रहेका छन् ।  

मुलुक आर्थिक टाट पल्टिन लागेको अवस्थामा कमिशनकै लागि शर्माले यी सबै काम गर्न लागेको मनत्रालय निकट स्रोत बताउँछ ।  चुनाव हुने ठूलो खर्चको व्यवस्थापन गर्नका लागि गठबन्धनका नेताहरुको जोडबलमा नै शर्मा अर्थमन्त्री बनाएर ठुलो आर्थिक चलखेल हुन लागेको मन्त्रालय निकट स्रोतको दाबी छ । 
 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ४९ बजे