एमालेको जागरणसभामा जे देखियो…

प्रधानमन्त्रीले गर्नुभयो एकै पटक १ सय ६५ वटा सडकको शिलान्यास

काठमाडौं ।  स्वीच थिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक १ सय ६५ वटा सडकको शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा आयोजित 'निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम'को शुभारम्भ समारोहमार्फत सबै संघीय निर्वाचन क्षेत्रमा एक/ एक वटाका दरले १ सय ६५ वटा सडकको स्वीच थिचेर शिलान्यास गर्नुभएको हो । 

आज शिलान्यास भएका  १ सय ६५ वटै सडकको  ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएको र  यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको हो । 

प्रत्यक्ष निर्वाचित सांसदहरुले निश्चित क्राइटेरियाका आधारमा सिफारिस गरेका सडकहरु छनौट भएका हुन। 

सडक निमार्ण कार्यक्रमका लागि सरकारले ५७ अर्ब १० करोड बजेट छुट्याएको छ ।

 निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ समारोह (भिडियो ): 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : ०८ बजे