पोखरा – पोखरामा सम्पन्न राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताकाे उपाधि नगरकोटले जितेको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्दै नगरकोट दोहोरी साँझ काठमाडौंले नगद ६ लाख पुरस्कार पायो ।
फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको हो । जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्राे भए । दोस्राे भएको दरबारी दोहोरी साँझले ४ लाख पुरस्कार पाउँदा तेस्राे बनेका दुवै टिमले प्रतिटिम डेढ लाख पाएका छन् ।
४८ टिमले दर्ता गरेकोमा ४५ टीम सहभागी थिए । उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित भएका छन् ।
अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भयो । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरिन् । उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई नगद ५० हजारका दरले पुरस्कार दिइएको थियो । नवप्रतिभा प्रोत्साहन पुरस्कारको राशि १० हजार प्रदान गरिएको थियो ।
प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार १२ : ५४ बजे
प्रतिक्रिया