राष्ट्रपति भवनमा घटस्थापना

काभ्रेस्थली अपडेट : प्रहरीले उठायो चारै जनाको शव

काठमाडौं – प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाएको छ ।

पोष्टमार्टमका लागि मृत भेटिएका चारैजनाको शव उठाइएको हो। केही समयअघि स्थानीयबासीले पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना गरेका थिए ।

आज बिहान गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उहाँकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

पारिवारिक कलह र विवादले एकै परिवारका चार जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ०५ बजे