‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दलित गाउँका पहिलो शिक्षक

थुनामा रहेकी एक महिलालाई बलात्कार प्रयास गर्ने असई विरुद्ध मुद्दा

नेपालगञ्ज ।  कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनामा रहेकी एक महिलालाईलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । 

निलम्बित असई चौलागाईं विरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ। गत ११ साउनमा बहु विवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृत समेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति २ः०० बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । बाँके प्रहरीले असई चौलागाईंले हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ। 

राति २ बजे हिरासतबाट बाहिर बोलाएर कोठामा लगी दुर्व्यवहार गरेको भन्दै ती थुनुवा युवतीले उजुरी दिएको आधारमा चौलागाईँलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको हो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ११ : १५ बजे