राष्ट्रपति भवनमा घटस्थापना

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध 

भरतपुर । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । 

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।  गए रातिदेखि लगातार पानी परिरहेको छ । 

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : ०० बजे