बाढीको स्थितिमा सुधार

स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

म्याड्रिड । स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाइएको छ । 

“यसअघि मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो । ३ हजार ७५० बिरामी मध्ये १२० जना अस्पताल भर्ना भएका छन् र दुई जनाको मृत्यु भएको छ”, स्पेनको स्वास्थ्य मन्त्रालयले भनेको छ ।

यसले पीडितहरू ‘दुई युवा पुरुष’ रहेका र दुवै केसहरूमा थप ‘महामारीसम्बन्धी जानकारी’ सङ्कलन गर्न अध्ययन भइरहेको बताएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयको आपत्कालीन र सतर्कता समन्वय केन्द्रका अनुसार स्पेनमा ४ हजार २९८ जना सङ्क्रमित भएका छन् । स्पेन विश्वको सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो । 

यसअघि युरोको अर्को देश ब्राजिलमा मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो । एजेन्सी

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : १७ बजे