खुर्काेटमा बेलिबृज जडान सुरु

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै हुनुहुन्छ । 

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लाग्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा परेका बेला उहाँ काठमाडौँ आउन लाग्नुभएको हो।

उहाँ एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आउनुभएको थियो। नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उहाँ नेपाल आउन लाग्नुभएको हो । 

उहाँ यसअघि गत वर्षको मङ्सिर १ देखि ४ गतेसम्म नेपाल आउनुभएको थियो।

दुई दिने नेपाल भ्रमणका क्रममा अमेरिकी सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नुहुनेछ । 

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : २३ बजे