दाउन्नेमा यात्रुवाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को दाउन्नेमा यात्रुवाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । 

आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । आगलागीबाट यात्रु घाइते भएका हुन् ।  घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताउनुभयो ।  

घाइते आठ यात्रुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको मध्य विन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ९ : ३८ बजे