‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गीतकार देवी पराजुलीको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ – गीतकार देवी पराजुलीको तीज गीत 'लगनको सारी'को म्युजिक भिडियो आज सार्वजनिक भएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका आसपासका क्षेत्रमा छायांकन भएको उक्त म्युजिक भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।

'लगनको सारी' गीतमा ज्योति प्रकाशको संगीत रहेको छ भने बिन्दु परियारको स्वर रहेको छ। गीतको निर्देशन गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीले गर्नुभएको छ भने दिब्यानी ओलीले उक्त म्युजिक भिडियोमा मुख्य भूमिका निर्वाह गर्नुभएको छ ।

भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेत, राजु थापा तथा दिनेश थापाको सहकार्यमा छायांकनस्थल व्यवस्थापन गरेको भिडियो छायांकनका विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको समेत सहभागिता रहेको थियो।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ९ : ५६ बजे