दलित गाउँका पहिलो शिक्षक

महिलालाई अभद्र व्यवहार गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौं – प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

बदमास केटा नामक युट्युब च्यानलका सञ्चालक नवपरासी हुप्सेकोट ३ का २६ वर्षीय प्रदीप भन्ने पूर्ण चन्द्र भुसाललाई कावासोती नवलपरासीबाट पक्राउ गरिएको हो ।

बाटोमा हिँडिरहेकी महिलालाई उनले साथमा भएको पैसा, मोबाइल, गर गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु भन्दै भिडियो बनाएका थिए ।

एसिड जस्तो अति संवेदनशील घातक पदार्थ प्रयोग गर्छु भनेर समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडिओ बनाएको प्रहरीको भनाई छ ।

भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनका म्याद थप गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ५२ बजे