काठमाडौँ मात्रै होइन उपत्यकाकै सार्वजनिक यातायात व्यवस्थित गर्ने हाम्रो एजेण्डा होः उपमेयर डंगोल

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलले आज भेट गरी काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने विषयमा छलफल गर्नुभएको छ ।

उपमेयर डंगोलसँग कार्यकक्षमै भेट गरी उहाँहरुले यस विषयमा छलफल गर्नुभएको हो । छलफलका क्रममा उपमेयर डंगोलले आफ्नो चुनावी घोषणापत्रमै महानगर भित्र रहेको यातायातलाई व्यवस्थित तथा आधुनिकीकरण गर्न नयाँ प्रविधियुक्त यातायात पद्धतिको विकास गर्ने विषयलाई समावेश गरेको भन्दै त्यस्ता सन्दर्भमा आफू सकारात्मक रहेको बताउनु भएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : ५५ बजे