चीनमा एमबीबीएस पूरा गर्न नपाएका विद्यार्थीले अब नेपालमै अध्ययन गर्न पाउने

काठमाडौं – चीनमा एमबीबीएस पूरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले कोभिड–१९ कारण चीनमा एमबीबीएस पूरा गर्न नपाइ स्वदेश फर्किएका २०१६ ब्याचका विद्यार्थीले नेपालमै पढ्न पाउने जनाएको हो । 

सन् २०१६ ब्याचका विद्यार्थीलाई अन्तिम दुई वर्षको पढाई नेपालमै गर्न सक्ने व्यवस्था मिलाएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताउनु भयो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : ०१ बजे