‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कतिन्जेल पर्खिरहुँ 

भनिदेऊ न महानायक कहिले फुर्सद मिल्छ ?
साक्खै हुने मनको धोको कहिले पूरा हुन्छ ?
दिन, महिना, वर्ष बित्यो ताल मिलेन भेट्न 
कतिन्जेल पर्खिरहुँ तिम्लाई एकबार देख्न

धेरै पटक जम्को गरेँ तिम्लाई भेट्न आउन
पाइन मैले केही गरे नि मूल गेटभित्र पस्न 
न त भयो बकबक गर्न न त पर्खाल नाघ्न 
कतिन्जेल पर्खी बसुँ तिम्लाई एकबार देख्न 

नमन साथै बधाई दिन पहिल्यै मन लाथ्यो 
शुभकामना सुस्वास्थ्यको भन्न मन लाथ्यो
फुकीफुकी पाईला चाल्नुस् भन्न मन लाथ्यो
तिम्रो कृति शिखर चढोस् भन्न मन लाथ्यो

मनको रहर मनमा आफै बिलाउँछ झैँ भाछ
तालमेल बिग्रे भेट नभै गाउँ फर्कौं झैँ लाछ
साइत हेराई बसेको छु तिम्लाई छिट्टै भेट्न
कतिन्जेल पर्खिरहुँ तिम्लाई एकबार देख्न
 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ४ : २१ बजे