खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

भीमदत्तलाई कांग्रेसले कहिल्यै सहिद मानेन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईमा सहभागी भएका सहिदहरुलाई सम्मान दिन नसकेको आरोप लगाउनुृभएको छ ।  

४४ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्नुहुँदै एमाले अध्यक्ष ओलीले कांग्रेस माथी सो आरोप लगाउनुभएको हो । 

‘नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन कहिल्यै सकेको छैन’ अध्यक्ष ओलीले कार्यक्रममा भन्नुभयो । ‘भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ’ ।

एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानको चर्चा गर्नुभएको छ। पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्र अनुवाद गरेर गाउँ गाउँ पु¥याएको स्मरण गर्नुहुँदै अध्यक्ष ओलीले अग्रजहरुले देखाएको वाटोवाट बिचलित नहुने प्रणसमेत गर्नुभयो । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १२ : ५० बजे