खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

विदेशबाट आएका महिलाहरूलाई समान व्यवहार गराै‌,नागरिकता दिन संकीर्ण नबनौं : महत

काठमाडौँ  । माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले  विदेशबाट आएका महिलाहरूलाई पनि समान व्यवहार गरिनुपर्ने बताएका छन्  ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफलमा सहभागी हुँदै सांसद महतले महिलाहरूलाई नागरिकता प्रदान गर्ने कुरामा संकीर्ण हुन नहुने बताए  । ‘बाहिरबाट आएका महिलाहरू महिला हैनन र ? उनीहरूलाई पनि केही न केही प्रमाण त दिनुपर्‍यो नि । ग्रीनकार्ड वा भोटर कार्ड जस्तै केही प्रमाण दिनुपर्‍यो नि । उनीहरूलाई किन हेला गर्ने । हाम्रोतिर पहिले माउ र माटीको आधारमा अधिकार दिने चलन थियो । त्यसैले नागरिकता दिने कुरामा संकीर्ण नबनौं,’ सांसद महतले भने,‘नागरिकता भन्ने कुरा त पछि आएको हो नि । पहिले त माउ र माटीको आधारमा अधिकार दिने चलन थियो । त्यसैले संकीर्ण नबनौं ।’

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : २२ बजे