काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक बैठक आज पनि बस्दैछ।
शुक्रबार बसेको सो समूहको स्थायी कमिटी बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने बिषय छलफल गरेको थियो ।
आज दिउँसो ३ बजे बस्ने बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका विषयमा राष्ट्रव्यापी अभियान घोषणा गरिने बताइएको छ ।
नेपाल समूहले ४ र ५ चैतमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलापछि देशभर समानान्तर कमिटी बनाइ रहेको छ ।
प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार ८ : ३२ बजे
प्रतिक्रिया