खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

महँगीविरुद्ध जनप्रदर्शनको तयारीमा जुट्न सबै जनसङ्गठनलाई एमालेको निर्देशन 

काठमाडौँ । चर्को महँगीविरुद्ध उपत्यकामा जनप्रदर्शन गर्ने निर्णय गरेको नेकपा (एमाले)ले सबै जनसङ्गठनहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ ।  

पार्टी कार्यालय च्यासलमा जनसङ्गठनका प्रमुख र प्रचार प्रमुखहरूको बिहीबार बसेको बैठकमा यही साउन १६ गते गरिने जनप्रदर्शनको तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिइएको हो ।

बैठकमा महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमाल उपस्थित हुनुहुन्थ्यो । 

महासचिव पोखरेलले महँगी विरुद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि जनसङ्गठनहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।  बैठकले जनप्रदर्शनमा सबै जनसङ्गठनहरू आ–आफ्ना ब्यानर र झण्डासहित वसन्तपुरमा उपस्थित हुन निर्देशन दिएको छ  ।

महासचिव पोखरेलको अध्यक्षतामा बुधवार बसेको बैठकले महँगी विरुद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : ३२ बजे