खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

सरकारलाई ज्ञवालीको प्रश्न : हतियार किन्न पैसा पुग्ने, मल र किताब छाप्न किन नपुग्ने  ? 

काठमाडौं ।  सांसद् प्रदीप ज्ञवालीले महंगीले जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक बनेको बताउनुभएको छ । 

बिहीबार प्रतिनिधिसभामा बोल्नुहुँदै सांसद ज्ञवालीले महंगी नियन्त्रण हुन नसक्दा जनता निकै मारमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो वर्षको बजेटमा न्यूनतम ज्याला बढाउने काम भएन । मुद्रास्फिती करिब ९ प्रतिशत पुगेको छ । आम सर्वसाधारण नागरिकहरु कसरी बाँचिरहेका छन् ? खोइ सरकारको ध्यान गएको ।किन सत्तारुढ दलका नेताहरु मूल्यवृद्धि हुँदा पनि मौन छन् ?’

 उहाले सत्तापक्षका कतिपय नेताहरुको संवेदनहिनताका कारण असाध्यै आहात तुल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महंगी सन्दर्भमा गम्भिरतापूर्वक रुलिङ होस् । अहिलेसम्म किसानको हातमा मल छैन । विद्यार्थीको हातमा पाठ्यपुस्तक छैन ।’

उहाँले सरकारलाई हतियार किन्नका लागि पैसा पुग्छ तर, मल र किताब खरिदका लागि पैंसा किनपुग्दैन भनेर प्रश्न गर्नुभयो ? 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ४ : १९ बजे