खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

यस्तो छ प्रदिप ज्ञवालीको भाइरल फोटोको वास्तविकता

​​​​​​​​​​​​​​​​​​​​​काठमाडौं । केही दिन अघि पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रममा देशको महंगी चित्रण गर्दै आफु मन्त्री र सांसद भइसकेको मान्छे भएपनि आफ्नो भान्छामा दुईथरी तरकारी पकाउन सक्ने अवस्था नरहेको बताउँदै गरिबीको रेखामुनी रहेका नेपालीको अवस्था कस्तो होला ? भनी प्रश्न गर्नुभएको थियो ।

पूर्वमन्त्रीको यो अभिव्यक्ति पछि  सामाजिक सञ्जालमा सत्ता पक्षका कार्यकर्ताहरूले उहाँमाथि आक्रमण सुरु गरे  । ज्ञवालीले खाना खाइरहेको एउटा तस्बिर सामाजिक संचालमा राख्दै उनीहरूले  यसलाई ट्रोल नै बनाए  । ज्ञवालीले  ३० सेप्टेम्बर २०१८ मा पोष्ट गर्नुभएको तस्बिर निकालेर उहाँको अभिव्यक्तिलाई विवादमा तान्ने प्रयास भयो । 

खासमा ज्ञवालीको यो तस्बिर  चार वर्ष अघिको हो । त्यसो त यो तस्बिर उहाँको आफ्नो घरभित्रको नभएर अमेरिकाको बसाइका क्रममा एक नेपालीको भान्सामा  खिचिएको तस्बिर हो । 

अमेरिका निवासी भरतराज ज्ञवालीले आफ्नो घरको भान्सामा ज्ञवालीलाई खाना खुवाउँदाको स्मरणमा चारवर्ष अघि यो तस्बिर आफैँले मोबाइलबाट खिच्नुभएको थियो । 

उक्त तस्बिरलाई ट्राेल बनाइएपछि भरतराजले वास्तविकता खोल्दै यस्तो गलत प्रचार गर्नेमाथि कारबाहीको माग गर्नुभएको छ । 

‘मैले फेसबुकमा पोष्ट गरेको तस्वीरलाई लिएर प्रदीप ज्ञवालीबारे गलत प्रचार गरिएको छ । यस्ता काम गर्ने अपराधीलाई सजाय होस्,’ उहाँले फेसबुकमा लेख्नुभएको छ । 

​​​​​​​

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ५ : २३ बजे