खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

नागरिकता विधेयकमा ५४ सांसदका ३१ संसोधन प्रस्ताव दर्ता

काठमाडौं । सरकारले हालै प्रतिनिधिसभामा पेस गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संसोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।

यसअघि संसद्मा पेस भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेस गरेपछि ५४ जना सांसदले संसोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।  

सङ्घीय संसद् सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो । यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्रमाणपत्र दिनुपर्ने प्रावधान राख्नुपर्ने उल्लेख गर्नुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षअघि नै विधेयकमाथि दफावार छलफल गरी प्रतिनिधिसभामा प्रतिवेदन पेस गरिसकेको भए पनि हालै सरकारले सो विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको हो । सो बिद्येयकमा दलहरुबीच पूर्ण सहमति नभए पनि समितिले विदेशी महिलालाई नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने संशोधन राख्ने विषय बहुमतले निर्णय गरेको थियो ।

पुनः संसद्मा पेस भएको नागरिकता विधेयकमा चार दर्जनभन्दा बढी संसोधन प्रस्ताव दर्ता भएपछि सरकारले सो विधेयक आजको प्रतिनिधिसभा बैठकमा अघि बढाएको छैन । 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ११ : ३७ बजे