खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिमा भक्तजनको भीड

​​​​​​​काठमाडौँ । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । 

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ । साउन महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् शिव खुसी हुने धार्मिक विश्वास पनि रहेको छ ।

रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले आज पशुपति क्षेत्र भरिभराउ छ । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको लाइन आज मन्दिरदेखि एयरपोर्टसम्म पुगेको छ । 

यस वर्ष साउनमा ५ वटा सोमबार परेको छ । साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको छ । 

पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।

​​​​​​​

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ५८ बजे