खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

भारतबाटै प्रतिलिटर १५  रुपैंया घटेर आयो तेल , निगम भन्छ अझै घाटा छ 

काठमाडौं ।  भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य  घटेको नेपाल आयल निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा प्रशोधित पेट्रोलियमको मूल्यमा पनि गिरावट आएस्ँगै मूल्य घटेको हो । १६ जुलाईमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको हो । 
यता निगमले भने  घटेको मूल्यपछि पनि निगमलाई पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा रहेको बताएको  छ ।

घटेर आएको नयाँ मूल्य पछि पनि निगमलाई महिनामा अझै ४ अर्ब ३२ करोट घाटा रहेको बताइएको छ ।  भारतले खरिद गरेर नेपालाई बिक्री गर्ने ब्रेन्ट क्रुड आयलको मूल्य पछिल्लो दुई सातामा १२ डलर जतिले घटिसकेको छ । आइतबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १.२ सेन्टर डलर छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्ने अमेरिकी बहुराष्ट्रिय सीटी ग्रुपको प्रक्षेपण छ । सो ग्रुपले कच्चा तेलको मूल्य २०२२ को अन्त्यसम्म घटेर ६५ डलरसम्म झर्न सक्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : २३ बजे