‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

लिसंखु पाखर गाउँपालिका–५ बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएका उनलाई सिन्धु सदाबहार अस्पताल खाडिचौरमा लगिएको थियो । उपचारको क्रममा शनिबार उनको मृत्यु भएको छ । 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १२ : १५ बजे