खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एम अधिकारीका बारेमा सञ्चारमाध्यमले अनावश्यक हल्ला चलाए : महासचिव पोखरेल 

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एम अधिकारीका बारेमा काठमाडौँमा रहेका सञ्चारमाध्यमले अनावश्यक हल्ला मच्चाएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा भएको पत्रकार भेटघाट कार्यक्रममा  महासचिव पोखरेलले एमालेले वक्तव्य जारी गरिसकेपछि आधिकारिक त्यही हो तर राजधानीका काठमाडौँमा रहेका सञ्चारमाध्यमले अनावश्यक हल्ला मच्चाएकोले त्यसको प्रभाव धेरैतिर परेको बताउनुभयो । 

महासचिव पोखरेलले भन्नुभयो “एमालेले औपचारिक रूपमै विज्ञप्ति जारी गरिसकेपछि धारणा नै त्यही हो । राजधानीमा फेक न्युजका कारखाना हुन्छ । त्यही कारखानाले प्रायोजित समाचार लेखेका छन्, त्यसको प्रभाव यहाँ पनि परेको छ।''

उहाँले विराटनगरका मनोज अधिकारीलाई नै एम अधिकारी भनिएको स्पष्ट पार्नुभयो । 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : ३८ बजे