काठमाडौँ जिल्ला बार एसोसियनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी

काठमाडौँ । काठमाडौँ जिल्ला बार एसोसियनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)को तर्फका रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको हो । 

शनिवार भएको निर्वाचनमार्फत पौडेलको अध्यक्षतामा उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी हुनुभएको हो ।

त्यस्तै, खुल्ला सदस्यहरूमा भीष्म निरौला, मदनकुमार दाहाल, सङ्कल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक विजयी हुनुभएको छ ।

यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रवीण हुमागाईँ, दिपकुकुमार साह सदस्यमा विजयी र महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाईँ चयन हुनुभएको छ ।

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ३० बजे