‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँमा अब कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना 

काठमाडौँ । काठमाडौँ महानगरमा आजदेखि फोहोर वर्गीकरण गरेर मात्र सङ्कलन गरिने भएको छ । 

काठमाडौँ महानगरपालिकाका अनुसार आइतबार र बुधवार कुहिने तथा सोमबार र शुक्रवार नकुहिने फोहोर उठाइने छ । 

सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गँड्यौला वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ ।  

नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न गर्न पुन चक्रीय फोहोर सङ्कलकलाई बेचेर आयआर्जन गर्न भनिएको छ । 

यस्तै ,प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ । फोहोरलाई स्रोतमा नछुट्याउने उत्सर्जकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ । 

२०६८ सालमा सरकारले जारी गरेको फोहोर मैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने महानगरको वातावरण विभागको भनाइ छ । 

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : ३० बजे