खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना

काठमाडौँ । प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आज बिहान  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पहाडी भू–भागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । पहाडी भू–भागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ साउन १ गते (आइतबार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा  र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक÷दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

२०७९ साउन २ गते (सोमबार)
​​​​​​​दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा  र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

२०७९ साउन ३ गते(मङ्गलवार)
दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा  र बाँकी भू– भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थान र प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका दक्षिणी भू÷भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ३८ बजे