मौन अवधि सुरु, के गर्न पाइँदैन

चिकित्सा शिक्षा शुल्कमा ३.६ %ले बृद्धीः डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८/७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३।६ प्रतिशतले बृद्धी गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिनुभयाे ।  

उपत्यका भित्र एमवीवीएस ९डाक्टर० पढनका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढन ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ ।
उता, नर्सिङ पढनका लागि १० लाख निर्धारण गरेको  आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ४ : ३५ बजे