दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाल र नामिबिया भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन् । 

नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा आलआउट भएको थियो । नामिबियाविरुद्ध नेपालको त्यो पहिलो हार थियो ।

दोस्रो खेलमा भने नेपालले बलियो मानेको स्कल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । त्यसैले दोस्रो खेलमा निकालेको जितपछि नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

तालिकामा १८ खेल खेलेर १७ अङ्क जोडेको नेपाल पाँचौँ स्थानमा छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ । यस क्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ९ खेलमा पराजय बेहोरेको थियो ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १० : ४० बजे